लगानीकर्ताको लागि खुशीको साता, सातामा पौन ८ अर्ब पुग्न लाग्यो कारोबार

काठमाडौं । यो साता लामो समयपछि धितोपत्र दोस्रो बजारका सबै सूचकहरू सकारात्मक बनेका छन् । यसले लामो सयमदेखि निराश बनेका लगानीकर्तालाई खुशी बनाएको छ । यो साताको ६ कारोबार दिनमा नेप्से परिसूचक तीन दिन बढेको छ भने तीन दिन घटेको छ । पछिल्लो समय धितोपत्र बजार सुधारका केहि कामहरू अघि बढ्दा लगानीकर्ताहरू उत्साहित बन्न थालेका छन् । लगानीकर्ताहरू र नेपाल धितोपत्र बोर्डबीच १९ बुँदे सहमति कार्यान्वय गर्ने तालिका बनेसँगै नेप्से सुधारको बाटोमा लागेको हो ।

गत साताको तुलनामा यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक १६६ दशमलव ७१ अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिन १ हजार ८६२ दशमलव शून्य ६ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार २८ दशमलव ७७ विन्दुमा पुगेको हो । साताको पहिलो कारोबार दिन आइतबार ९४ दशमलव ९२ अंकले बढेको नेप्से चौथो बुधबार दिन ४१ दशमलव ३९ अंकले र पाँचौ दिन बिहीबार ७४ दशमलव ९३ अंकले बढेको छ ।

नेप्से दोस्रो दिन सोमबार २३ दशमलव ८५ अंक र तेस्रो दिन मैगलबार ११ दशमलव ८२ अंक र अन्तिम छैठौ कारोबार दिन शुक्रबार ८ दशमलव ८७ अंकले घटेर बजार बन्द भएको छ । आगमाी वर्षको मौद्रिक नीतिले बजारको पक्षमा आवश्यक बुँदाहरू सम्बोधन गर्ने आशमा लगानीकर्ताहरू देखिएका छन् । यसले गर्दा उनीहरू उत्साहित भएर लगानी गर्न थालेका हुन् ।

गत साताको भन्दा यो साता ३ अर्ब १ करोड ५४ लाख रुपैयाँभन्दा बढीको ५१ लाख ४२ हजार ४०० कित्ता बढी धितोपत्र खरीद बिक्री भएको थियो । गत सेयर खरिदबिक्री करिव दोब्बर भएको छ । साता ७ अर्ब ६३ करोड ३१ लाखभन्दा बढीको २ करोड ५२ लाख ४ हजार १३९ कित्ता धितोपत्र खरीद विक्री भएकोमा यो साता १० अर्ब ६४ करोड ८५ लाखभन्दा बढीको ३ करोड ३ लाख ४६ हजार ५३९ कित्ता धितोपत्र खरीदविक्री भएको छ ।

बजारका सबै सूचकहरू सकारात्मक बन्दा यो साता कुल बजार पुँजीकरण पनि २ खर्ब ३७ अर्ब ६८ करोड ७४ लाख रुपैयाँले बढेको छ । गत साताको अन्तिम कारोबार दिन २६ खर्ब ५४ अर्ब ८२ करोड ८९ लाख रहेको कुल बजार पूँजीकरण यो साता २८ खर्ब ९२ अर्ब ५१ करोड ६४ लाख रुपैयाँको बजार पुँजीकरण भएको छ ।

कुन उपसूचकको बढे कुन घटे ?

यो साता सबै समूहगत उपसूचकहरू बढेका छन् । १३ वटा समूहगत उपसूचकहरूमध्ये व्यापारिक समूहको उपसूचक सर्वाधिक २१ दशमलव ३४ प्रतिशत बढेको छ । त्यस्तै यो साता वित्त समूहको १६ दशमलव शून्य ९ प्रतिशत, लगानी समूहको १३ दशमलव ५१ प्रतिशत, अन्य समूहको १२ दशमलव ६८ प्रतिशत, विकास बैंक समूहको १२ दशमलव ६७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ११ दशमलव ८७ प्रतिशत र लघुवित्त समूहको ११ दशमलव ८२ प्रतिशतले उपसूचक बढेको छ ।

जलविद्युत् समूहको ११ दशमलव ६६ प्रतिशत, जीवन बीमा समूहको १० दशमलव ७८ प्रतिशत, होटल तथा पर्यटन समूहको १० दशमलव १६ प्रतिशत, निर्जीवन बीमा समूहको ९ दशमलव ४१ प्रतिशत, म्युचुअल फण्ड समूहको ६ दशमलव ८५ प्रतिशत र बैंकिङ समूहको ४ दशमलव १५ प्रतिशतले उपसूचक बढेको छ ।

यो साता बैंकिङ समूहको उपसूचक सबैभन्दा कम प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स