काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा करिब १० लाख आवेदकले आवेदन दिएका छन् । कम्पनीले असार १५ गतेदेखि निष्कासन गरेको आईपीओमा ९ लाख ८९ हजार ६३८ जनाले आवेदन दिएका हुन् ।
कम्पनीको आईपीओमा ९ लाख ८९ हजार ६३८ जना आवेदकले १ अर्ब १३ करोड ९८ लाख १ हजार मूल्य बराबरका १ करोड १३ लाख ९८ हजार १० कित्ताका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङले जनाएको हो ।
कम्पनीले प्रतिसेयर १०० मूल्यका दरले ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेकामा २ लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँड भएको र बाँकी ६ लाख १८ हजार २५० कित्तासहित कूल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
कम्पनीले निष्काशन गर्ने कूल सेयरमध्ये ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारी र ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको छ । त्यसपश्चात बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता सेयरमा सर्वसाधारण आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनसक्नेछन् ।
कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले असार १९ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।