हिमालयन हाइड्रोपावरको आईपीओमा ४.२० गुणा बढी आवेदन

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको सेयरमा ४.२० गुणा बढी सेयर आवेदन परेको छ ।

बिहिबार साँझ ५ः१० बजेसम्ममा ६ लाख ६५ हजार ८०२ आवेदकबाट ७६ करोड ९४ लाख ३३ हजार रुपैयाँ बराबरको ७६ लाख ९४ हजार ३३० कित्ता सेयर माग भएको सिडिएस एण्ड क्लियरिंङले जनाएको छ ।

कम्पनीले प्रतिसेयर १०० मूल्यका दरले ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेकामा २ लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँड भएको र बाँकी ६ लाख १८ हजार २५० कित्तासहित कूल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गर्ने कूल सेयरमध्ये ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारी र ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको छ । त्यसपश्चात बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता सेयरमा सर्वसाधारणले असार १९ गतेसम्म आवेदन दिन पाउने तथा निष्काशनबमोजिम माग नआए ढिलोमा असार २९ गतेसम्म कम्पनीको आइपीओ बिक्री खुला रहने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनसक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स