नेप्से बढेर २०३७ विन्दुमा, २ अर्ब ४५ करोडको कारोबार, १५ कम्पनीमा सर्किट

काठमाडौं । साताको पाचौं दिन सेयर बजारमा हरियाली छाएको छ ।

बिहीबार, नेप्से परिसूचक ७४.९३ अंकले बढेर २०३७.६४ अंक विन्दुमा आइपुगेको छ ।

आज ७२ लाख ५४ हजारको कित्ता सेयर २ अर्ब ४५ करोड ८६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीमा हरियाली छाएको छ ।

आज १९१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, नेपाल फाइनान्स, मैलुङ खोला जलद्यिुत र न्यादी हाईड्रोपावरमा १० प्रतिशतको सर्किट लागेको छ ।

त्यस्तै, आँधिखोला लघुवित्तमा ९.९९% , सिवाइसी नेपाल लद्युवित्तमा ९.९९%, सूर्यादय वमी लघुवित्तमा ९.९९%, कर्पोरेटिभ डेभलपमेन्ट बैंकमा ९.८७%, शिवम् सिमेन्टमा ९.७९%, रिलायन्स फाइनान्समा ९.६३%, पंचकन्या माई हाईड्रोपावरमा ९.५४%, नेपाल रिईन्सोरेन्समा ९.५०%, पाँचथर पावर कम्पनीमा ९.४३%, कालिका पावर कम्पनीमा ९.४२%, मितेरी डेभलपमेन्ट बैंकमा ९.३८%, सेन्ट्रल फाइनान्समा ९.३३ प्रतिशतको सर्किट लागेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स