४१ अंकले बढ्यो नेप्से, ३ कम्पनीमा सर्किट, ङादी ग्रुपको सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक ४१.३९ अंकले घटेर १९६२.७१ अंक विन्दुमा आइपुगेको छ ।

आज ४३ लाख ८६ हजारको कित्ता सेयर १ अर्ब ४३ करोड १४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीमा हरियाली छाएको छ ।

आज १८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आँधिखोला लघुवित्तमा १०% , सिवाइसी नेपाल लद्युवित्तमा ९.९९% र वरुण हाईड्रोपावरमा ९.४५ प्रतिशतको सर्किट लागेको छ ।

आज सर्वाधिक ङादी ग्रुप पावरको सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ४२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ७० लाख, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ३६ लाख र हिमालयन डिस्टिलरीको ४ करोड ५५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स