वरुण हाइड्रोपावरले पायो हकप्रद निष्काशनको लागि बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वरुण हाइड्रोपावरलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको छ । बोर्डले बुधबार (असार १५) गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीले जेठ ११ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्काशनको लागि अनुमति पाएको हो ।

हकप्रद सेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धकको रुपमा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स