नेप्सेमा दुई लघुवित्तसहित ३ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई लघुवित्तसहित ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

मंगलबार एभरेष्ट इन्स्योरेनस, समीट लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, एभरेष्ट इन्स्योरेन्सको ६ प्रतिशत दरका ७ लाख १० हजार १६२ कित्ता सेयर सूचीकृत भएको हो ।

समीट लघुवित्तको २५.२८५४ प्रतिशत दरका ९ लाख ९७ हजार कित्ता सेयर सूचीकृत भएको हो ।

त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत दरका २ लाख ९५ हजार ८१२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स