११ अंकले घट्यो नेप्से, १ अर्ब ५ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ अंक विन्दुमा आइपुगेको छ ।

आज ३० लाख ३७ हजारको कित्ता सेयर १ अर्ब ५ करोड ८२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ लाइफ इन्सोरेन्स र बैकिंङ बाहेक सबैमा राताम्मै देखिएको छ ।

आज ३७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४६ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सिवाइसी नेपाल लद्युवित्तमा ९.९९ प्रतिशतको सर्किट लागेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स