काठमाडौं । नेपाल इन्भेस्टर्स फोरमको अध्यक्षमा तुल्सीराम ढकाल चयन भएका छन् । शनिबार सम्पन्न फोरमको १६ औं वार्षिक साधारसभाले ढकाललाई अध्यक्षमा चयन गरेको हो ।
ढकालको नेतृत्वको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष राजन लम्साल रहेका छन् । फोरमका अर्का उपाध्यक्ष अञ्जिब तुलाधर भएका छन् । यस्तै दुर्गा तिवारी महासचिव, विश्वेश्वर सुवेदी सचिव र हरिचन्द्र खनाल कोषाध्यक्ष चयन भएका हुन् ।