के हो अल अर नन (एओएन) ?

सेयर कारोबार गर्ने क्रममा आफूसँग रहेको कुनै एक कम्पनीको सेयर सबै कित्ता एकै पटक एकै कारोबारमा खरिद तथा बिक्री होस् अन्यथा कारोबार नहोस् भनेर लिमिट अर्डर अन्तर्गतको अर्डर भ्यालिडिटीलाई अल अर नन् अर्थात संक्षेपमा एओएन भनिन्छ ।

जस्तै लागनीकर्तासँग कुनै कम्पनीको १०० कित्ता सेयर छ भने सो सेयर खरिद तथा बिक्री गर्दा टुक्रा पारेर नगरी एकमुष्ठ सेयर खरिद बिक्री गर्ने प्रक्रिया नै एओएन हो । एओएनको व्यवस्था कारोबार टुक्राएर गर्नु नपरोस् भनेर प्रयोगमा ल्याइएको हो ।

सेयर बजारमा जति सानो रकमको कारोबार भयो कमिसन दर त्यति नै बढ्दै जाने भएकाले कहिलेकाही आफूसँग १० कित्ताभन्दा तलको संख्यामा सेयर कित्ता बाँकी रहेमा त्यस्तो बाँकी रहेको सेयरलाई फेरि कारोबार गर्नुपरेमा अडलट अन्तर्गत पुनः अर्डर हाल्नुपर्ने हुन्छ ।

यसरी राखिएको अडलटको आदेशलाई अर्कोतर्फबाट खरिद वा बिक्री गर्ने अर्डर आएको खण्डमा मात्रै अडलटमा कारोबार हुन्छ अन्यथा यस्तो सेयर कित्ता टुक्राको रूपमा बसिरहने हुन्छ । त्यसैले पनि सयको राउण्ड फिगर भन्दा कम कित्ता भएको खण्डमा सर्वसाधारण लगानीकर्ताले खरिद वा बिक्री गर्दा अल अर नन भ्यालिडिटिको प्रयोग गर्ने गरेको पाइन्छ ।

विश्वव्यापी मान्यता अनुसार नै लिमिट अर्डर अन्तर्गत भ्यालिडिटीमा उपलब्ध हुने विभिन्न सुविधामध्य यो एक सुविधा हो । एओएनलाई माथि भनिएको अनुसार प्रयोग गर्न सकेमा यसले खरिद वा बिक्री गर्ने क्रममा कारोबारलाई सहज तरिकाबाट सम्पन्न गराउन तथा लागत कम गराउन विशेष भूमिका खेलेको हुन्छ ।

यस्तो झझण्ट नरहोस् भन्नका लागि सो धितोपत्र बोर्डले एओएन लागू गरेपनि बिक्रीमा मात्रे सो व्यवस्था लागू हुँदै आएको थियो । आज आइतबार लगानीकर्ता र सेबोनबीच भएको सहमतिपछि अव एओएन बिक्रीमा पनि लागू नहुने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स