एस वाई प्यानल नेपालले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

काठमाडौं । एस वाई प्यानल नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम जारी पूँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले सेयर निष्काशनको लागि प्रभु क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

२०७४/०३/२० गते स्थापना भएको एस.वाई. प्यानल नेपाल लिमिटेड कोरियाली प्रविधि भएको कोरियाली गुणस्तर चिन्ह प्राप्त एस.वाइ. कम्पनी लिमिटेड कोरियाको लगानी भएको कम्पनी हो । यसको प्रधान कार्यालय काठमाण्डौ तीनकुनेमा रहेको छ ।

कम्पनीले चितवन जिल्लाको रत्ननगर न.पा. वडा नं. १४, पिठुवामा फ्याक्ट्री स्थापना गरी भवन निर्माण सम्बन्धी अत्यावश्यक पर्ने विभिन्न सामाग्रीहरु उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।

कम्पनीको हाल नेपाल भरी ७५ वटा डिलरहरु संचालनमा रहेका छन् भने यस कम्पनीको प्यानल उत्पादन क्षमता ५००० वर्ग मिटर प्रतिदिन रहेको छ ।

पछिल्लो समयमा यस कम्पनीको उत्पादन प्रयोग गरेर देशभरका विभिन्न ठाउँमा १० वटा भन्दा बढी हाइड्रोपावर प्रोजेक्ट साइट, कर्मचारी भवन, आर्मी क्याम्प, विभिन्न पालिकाका भवनहरु र सरकारी तथा गैर सरकारी भवनहरुका साथै हजारौं घरहरु, फ्याक्ट्री तथा चिस्यान केन्द्रहरु निर्माण भइसकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स