सेयर बजारमा उछाल, २ अर्ब बढीको कारोबार, ५० भन्दा बढी कम्पनीमा सर्किट

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उछाल आएको छ ।

आइतबार, नेप्से परिसूचक ९४.९२ अंकले बढेर १९५६.९८ अंक विन्दुमा आइपुगेको छ ।

आज ६३ लाख ६३ हजारको कित्ता सेयर २ अर्ब १९ करोड ६१लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबैमा हरियाली छाएको छ ।

आज १९५ वटा कम्पनीको सेयर मूल्य बढेको छ ।

त्यसैगरि, कुमारी बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । बैंकको आज एकैदिन ८ करोड ६४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ८ करोड ३७ लाख, ङादी ग्रुप पावरको ८ करोड ३३ लाख, नबिल बैंकको ६ करोड ७६ लाख र शिवम् सिमेन्ट्सको ५ करोड ४१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

त्यसैगरि, बिशाल बजार कम्पनी, सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, हिमालयन डिस्टिलरी, कर्पोरेटिभ डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, नेशनल हाइड्रोपावर, लगायत ५० भन्दा बढी कम्पनीको सेयरमा सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स