नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ ।

कम्पनीको असार ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ १.५७८९ प्रतिशत अर्थात ५ करोड १६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्ताव कोषको सरोकारवाला मन्त्रालय अर्थमन्त्रालय र कोषको आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स