भोलिबाट रसुवागढी हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि (असार १३) गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

उक्त आईपीओमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं। ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्ने छन्।

निष्काशन बन्द छिटोमा असार २७ गते र ढिलोमा साउन १० गते हुनेछ।

आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिन सकिने छ भने अधिकतममा ७०० कित्ता सेयरका लागि आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

बोर्डले जेठ ३१ गते कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स