वियरिस मार्केट दिर्घकालीन लगानीकर्ताको लागि ठूलो अवसर, यसरी पाउँन सकिन्छ राम्रो प्रतिफल

काठमाडौं । वियसिर मार्केटमा दिर्घकालीन लगानीका लागि सोच भएका तथा योजना बनाएका लगानकर्ताको लागि वियरिस मार्केट ठूलो अवसरको रुपमा लिन सकिने विश्व सेयर बजारमा भिजेको अर्थशास्त्रीले बताएका छन् ।

जव जव सेयर बजारमा वियरिस ट्रेन आउँछ तव तव आर्थिक मन्दी सुरु भएको पाइन्छ । समग्र अर्थतन्त्रमा संकुचन आउँदा सेयर बजार नकारात्मक हुने गर्दछ । पछिल्लो समय युक्रेन र रसिया युद्ध, कोरोना महामारी र चर्को मूल्यवृद्धि यसका प्रमुख कारणका रुपमा देखा परेका छन् ।

नर्थवेस्टर्न म्युचुअल वेल्थ म्यानेजमेन्टका पोर्टफोलियो व्यवस्थापक म्याट स्टकीका अनुसार वियरिस मार्केट ऐतिहासिक रुपमै दीर्घकालीन लगानीकर्ताहरुका लागि सम्पति निर्माण गर्ने उचित अवसर हो ।

यस्तो बजारमा लगानी गर्ने लगानीकर्ताहरूले १० वर्ष नपुग्दै उच्च प्रतिफल पाउन सक्ने सम्भावना बढी रहेको उनको भनाइ छ । यद्यपि, आफूसँग भएको सबै पैसा बजारमा लगाउन भने नहुने उनको बुझाइ छ । आफ्नो नगद बचतलाई पनि ध्यान दिँदै क्रमैसँग पोर्टफोलियो निर्माण गर्नुपर्ने उनको सुझाव रहेको छ ।

कोलम्बिया विश्वविद्यालयस्थित अर्थशास्त्रकी प्राध्यापक लरेन भेल्डक्याम्पका अनुसार वियरिस बजारमा अत्यावश्यक बाहेक भरसक सेयर बेच्नु हुँदैन । भेल्डक्याम्प भन्छिन्, ‘दीर्घकालीन सोच बनाएर लगानी गर्नु भएको छ भने त्यसमै अडिग रहनुपर्छ’ ।

अमेरिकास्थित जीवाइएल फाइनान्सियलका संस्थापक तथा लगानी सल्लाहकार जेराल्ड गोल्डबर्गका अनुसार लगानीकर्ताले आफ्नो लक्ष्य, उद्देश्य, समय सीमा र जोखिम वहन गर्नसक्ने क्षमतासँग तालमेल हुनेगरी सोचर लगानी गरिएको छ भने सोही अनुसार अघि बढ्नु बुद्धिमानी हुन्छ ।

आम मानिसका लागि वियरिस मार्केट निराषाजनक हुने भए पनि जानकार लगानीकर्ताहरूको ध्यान भने दीर्घकालीन प्रतिफलमा हुने गरेको गोल्डबर्ग बताउँछन् । साना तथा खुद्रा लगानीकर्ताहरूले सेयर बेचेर वियर मार्केटबाट बच्न खोज्नु मूर्खता हुन्छ ।

वियरिस मार्केट कति लामो समयसम्म रहन्छ ?

त्यसो त बियर मार्केट यति नै समयसम्म रहन्छ भन्ने कुनै वैज्ञानिक आधार छैन । बजार अनुसन्धानकर्ताहरुका अनुसार वियसिर मार्केट औसतमा १ वर्षसम्म रहने गरेको छ । २० प्रतिशतको गिरावटपछि मात्र वियर मार्केट भन्ने गरिएको छ ।

बियर मार्केटको न्यूनतम विन्दु (बटम) बाट नयाँ अलटाइम हाई विन्दु बनाउन ३८ महिनासम्म लाग्ने गरेको अध्ययन स्टकीले बताएका छन् । वियर मार्केटमा धैर्यता राख्न सक्दा लगानीकर्ताले दीर्घकालमा राम्रो प्रतिफल पाउने सम्भावना त्यति नै धेरै रहने गरेको छ ।

–एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स