लगानीकर्ताहरुको माग सम्बोधन भएसँगै सेयर बजारमा हरियाली, दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । लगानीकर्ताहरुको माग सम्बोधन भएसँगै सेयर बजारमा हरियाली छाएको छ । पूँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले १० औं दिनमा अनसन तोडेका छन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन् । लगानीकर्ताहरूको मागहरू बोर्डले सम्बोधन गर्ने भएसँगै अनसन तोडेका हुन् । बोर्डले उक्त मागहरू सम्बोधन गर्न लगानीकर्ताहरूले भने बमोजिम नै कार्यान्वयन समिति गठन गरेको छ ।

योसँगै आज सेयरबजारमा सुधार आएको छ । यसअघि नेप्सेमा गिरावट कायमै रहेको थियो ।

शुक्रबार, नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ अंक विन्दुमा आइपुगेको छ ।

आज ३५ लाख ४१ हजारको कित्ता सेयर १ अर्ब १५ करोड १२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबैमा हरियाली छाएको छ ।

आज १५० वटा कम्पनीको सेयर मूल्य बढ्दा ४१ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, न्याग्दी हाईड्रोपावरमा १० प्रतिशतको सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स