नेप्से घटेर १८४८ बिन्दुमा, १ अर्ब ४९ करोडको कारोबार

काठमाडौं । साताको पाचौं दिन सेयर बजारमा ओरालो यात्रा कायमै रहेको छ ।

बिहीबार, नेप्से परिसूचक ४५.२५ अंकले घटेर १८४८.२८ अंक विन्दुमा आइपुगेको छ ।

आज ५० लाख ८ हजारको कित्ता सेयर १ अर्ब ४९ करोड ९७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबैमा राताम्मै देखिएको छ ।

आज १५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७८ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आधिखोला लद्युवित्त वित्तिय संस्थामा १० प्रतिशत र सिवाइसी नेपाल लद्युवित्तमा ९.९९ प्रतिशतको सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स