अनसनरत कोइराला फेरि विरामी, मुटुको पल्ससमेत लो भएपछि ईमर्जेन्सी लगियो

काठमाडौं । पुँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाको स्वास्थ्य अवस्थामा फेरि समस्या आएको छ । उनको मुटुको धड्कन(पल्स) एकदम कम भएपछि पाटन अस्पताल लगिएको हो ।

संयोजक कोइरालाको पल्स लो हुनुको साथै प्रेसर तथा सुगरसमेत लो भएकाले पाटन अस्पतालको ईमर्जेन्सीमा लगिएको समितिका प्रेस संयोजक एसपी चौलागाईले बताए । ‘उहाँको स्वास्थ्य अवस्थामा समस्या आएपछि हामीले पाटन अस्पताल ल्याएका छौं,’ उनले हाम्रोअर्थ डटकमसँगको कुराकानीमा भने ‘डाक्टरको सल्लाहअनुसार अस्पतालनै ल्याउनु पर्ने भएपछि उनलाई यहाँ ल्याइएको हो ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स