दोर्दीखोला जलविद्युतको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा

काठमाडौं । दोर्दीखोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपीओ बुधबार बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलकै कार्यलयमा बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार आईपीओमा १४ लाख ७१ हजार ६ सय ६५ जनाबाट १ करोड ६३ लाख ९७ हजार १ सय १० कित्ताको लागि आवेदन परेकोमा ८ सय ८२ जनाको आवेदन रद्द भएको छ ।

जस अनुसार योग्य रहेका १४ लाख ७० हजार ७ सय ८३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट २ लाख १ हजार ९ सय ८६ जनाले मात्र सेयर पाएका छन्। २ लाख १ हजार ९ सय ८६ जना मध्ये ९ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ताको दरले सेयर पाएका छन् ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गते गतेसम्म सर्वसाधारणलाई २१ लाख ९५ हजार ५ सय ९ कित्ता सेयर निष्काशन गरेको थियो । जस मध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८ सय ६५ कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७ सय ७५ कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकी रहेको २० लाख १९ हजार ८ सय ६९ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि यी ४ तरिकाबाट हेर्न सकिने छ ।

१. बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट : https://www.siddharthacapital.com/

२. सिडीएससीको मेरोसेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login

३. सिडीएसको वेबसाइट : iporesult.cdsc.com.np/

४. दोर्दीखोला जलविद्युत कम्पनीको वेबसाइट : https://dordikhola.com.np/

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स