लगानीकर्ता हमालको धमाल देखेर आक्रोसित

काठमाडौं । पुँजी बजारको सुधारको माघ राख्दै लगानीकर्ता विगत ७ दिन देखि धितोपत्र बोर्ड अगाडि धर्ना दिँदै आइरहेका छन् भने लगानीकर्ता तिलक कोइरालाको मुखमा अन्न नपरेको आज ७ दिन भइसक्यो । उनलाई आज अस्पताल सम्म लगिएको थियो । धितोपत्र बोर्डका अध्यक्ष हमाल भने केही दिनको अमेरिका भ्रमण पछि नेपाल आएर पत्रकार सम्मेलन गरेका छन् ।

के भन्छन् हमाल ?
म पनि निजी क्षेत्रबाट आएको र निजी क्षेत्रको मर्का अलि धेरै बुझ्छु र कुरा भन्दा काम गर्न रुचाउने भनेर आफ्नो ब्राण्ड इमेज बनाएका रमेश हमालले मंगलबार पत्रकार सम्मेलन गरेर उनले हामीले गर्न सक्ने कार्यतालिका गरेर राखि सक्यौ । तिन महिना जति माग पुरा गर्न लाग्छ भनेर भने । उनले कतिपय कुराहरु धितोपत्र बोर्डको कार्य क्षेत्र बाहिर पनि भएको बताए । अनसन र आन्दोलन तोड्नलाई आग्रह गरे ।

किन आक्रोसित भए लगानीकर्ता ?
धित्तोपत्र बोर्डले पत्रकार सम्मेलन गरेर सकिदा बाहिर लगानीकर्ताहरूले नारा जुलुस र अक्रोसित भए । आफूले तिरेको करको पैसाले आफू विरुद्ध प्रहरी दमन गरेको, माथि कुर्सीमा बसेर सफ्टवेयर भन्ने धित्तोपत्र बोर्डका कर्मचारी नचाहिएको भनेर तर्क गरे । वार्ता चाहिँ नबोलाने सम्बन्धित आनदोलनकर्तासँग नभेट्ने अनि पत्रकार सम्मेलन गरेर आफूहरूको अवाजलाई दवाउन खोजेको बताएका छन् । कुर्सीमा बसेर हामीहरूको (स्वदेशी लगानी कर्ताको ) घाटी निचोरेकको अनि विदेशी लगानी भित्र्याउने कुरा नगरे हुन्छ भने साथै अनसनरत कोइरालाको ज्यानमा तलमाथि भए धितोपत्र बोर्ड नै जिम्मेवार हुने चेतावनी दिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स