काठमाडौं । माण्डु हाइड्रोपावर र माइ खोला हाइड्रोपावरले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । दुवै कम्पनीले सर्वसाधरणहरुको लागि आइपीओ जारी गर्न लागेको हो ।
माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ । कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्दा प्रिमियम मुल्यमा सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले प्रभु क्यापिटललाई सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
त्यस्तै, माइखोला हाइड्रोपावरले इलाम जिल्लाको इलाम नगरपालिका स्थित माई खोलामा सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ३ मेगावाट रहेको छ । आयोजनाले २०७७ असार ३१ गतेबाट जलविद्युत उत्पादन शुरु गरिसकेको छ । कम्पनीले प्रभु क्यापिटललाई सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।