अनशन बसेका सेयर लगानीकर्ताले आज अपराह्न विरोध र्याली तथा जनसभा गर्ने

काठमाडौं । सेयर बजार लगानीकर्ताहरूले शनिवार अपरान्ह विरोध र्याली तथा जनसभा गर्ने भएका छन् ।

सेयर लगानीकर्ताहरूले आफ्ना मागहरु पुरा हुनुपर्ने भन्दै उक्त विरोध कार्यक्रम गर्न लागेका हुन् । असार १ गतेदेखि सेयर लगानीकर्ता तथा पुँजी बजार संर्घष समितिका संयोजनक तिलक कोइराला नेपाल धितोपत्र बोर्डमा आमरण अनसनमा बसेका छन् ।

१९ बुँदे मागसहित लगानीकर्ता संघर्ष समितिका संयोजक तिलक कोइराला विगत ४ दिनदेखि आमरण अनसनमा छन्। उनको स्वस्थ्य अवस्था कमजोर बन्दै गएको छ। तर नियामक निकायले उनीहरुलाई अहिलेसम्म बार्तामा बोलाएको छैन।

उनको समर्थन र आफ्ना १९ बुँदे माग पुरा गराउन सरकारलाई दवाव दिने उद्देश्यले सेयर लगानीकर्ताहरुले अपरान्ह १ बजे धितोपत्र बोर्ड क्षेत्रमा र्याली तथा जनसभा गर्न लागेका हुन् ।

सेयर लगानीकर्ता संघर्ष समिति सम्बद्ध लगानीकर्ताहरूले काठमाडौंलगायत मुलुकभर दुई सातादेखि नै आन्दोलन गर्दै आएका छन् ।

लगानीकर्ताको आन्दोलनमा विभिन्न राजनीतिक दलका नेताहरुले पनि अहिले चासो देखाउन थालेका छन् । उता त्यसो त नेपाली काँग्रेसका नेता तथा सांसद गगन कुमार थापा तथा नेकपा(एमाले) का सांसद योगेशकुमार भट्टराईले त सरकारले सेयर बजारमा देखिएको समस्या समाधान गर्न सरकारलाई ध्यानकर्षणसमेत गराइसकेका छन् ।

देशको अर्थतन्त्रको सुधारको लागि समेत पुँजी बजारको विकास र विस्तार अपरिहार्य रहेको भन्दै समितिले बजारको विकास र विस्तारमा अग्रसर हुन आग्रह गरेको छ ।

समितिले लगानीकर्ता, ब्रोकर, बैंकर एशोशियसन, मर्चेण्ट बैंकर, राजनैतिक दल तथा कलाकारहरुलाई समेत अमरण अनशनसहित आन्दोलनमा ऐक्यबद्धता जनाइदिन आग्रह गरिसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स