काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँड भएको छ । आज (शुक्रबार) बिक्री प्रबन्धक सानिमा क्यापिटलकै कार्यालयमा सेयर बाँडफाँड भएको हो ।
कम्पनीको आईपीओमा १८ लाख ४५ हजार ६७ जना आवेदकबाट २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपैयाँ बराबरको २ करोड १९ लाख ३५ हजार १० कित्ता सेयरको लागि आवेदन परेको छ । जुन माग भन्दा १६.०९७ गुणा बढी हो ।
आईपीओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ ।
कम्पनीको आईपीओ बाँडफाँडमा गोलाप्रथाबाट १ लाख ३६ हजार ५०० जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको छ। यस हिसाबमा आवेदन दिएका मध्ये १६ लाख ५५ हजार ३ सय ९५ जना आवेदक हात खाली भएका छन् ।
कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म अंकित मूल्य १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
आईपीओको नतिजा बाँडफाँड सम्पन्न भएको केहि समयपछि प्रकाशन हुने छ । आईपीओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।
बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/,
सिडीएससीको मेरोसेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,
सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/
बिन्ध्यबासिनी हाइड्रोको वेबसाइट https://bindhyabasinihydro.com.np/ बाट हेर्न सकिने छ ।