बजार बढ्दा पनि सेयर मूल्य घट्ने ५ कम्पनी यस्ता छन्

काठमाडौं । नेप्से १७.५७ अंकले बढेर ३०९४.०५ विन्दुमा पुगेको छ । क वर्गका कम्पनीको सूचक ३.४ अंकले बढेको छ । साताको अन्तिम दिन नेप्सेमा २३२ कम्पनीका सेयर १ लाख ३० हजार ९३८ पटक कारोबार भएको छ ।

२ करोड १६ लाख ९० हजार कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब ४२ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार होटल एण्ड टूरिजम, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइन्नान्स उपसमूह बढेको छ ।
बैंकिङ, ट्रेडिङ, नन् लाईफ इन्स्योरेन्स, उत्पानमुलक, अन्य, लाईफ इन्स्योरेन्स, म्युचल फण्ड र इन्भेष्टमेन्ट उपसमूह घटेको छ ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयर मूल्य घटेको छ । कम्पनीको सेयर मूल्य ३.९५ प्रतिशतले घटेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता ११९०.७० रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार ११४३.७० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ४७ रुपैयाँले घटेको छ ।

सिटिजन्स म्युचुअल फण्डको सेयर मूल्य ३.४४ प्रतिशतले घटेको छ । हिजो म्युचुअल फण्ड १५.९९ रुपैयाँमा कारोबार भएको थियो भने आज १५.४४ रुपैयाँ पुगेको छ ।

लाइफ इन्सोरेन्स कम्पनीको सेयर मूल्य ३.३३ प्रतिशतले घटेको छ । हिजो कम्पनीको सेयर प्रति कित्ता २४०० रुपैयाँमा कारोबार भएको थियो भने आज २३२० रुपैयाँमा झरेको छ । कम्पनीको सेयर मूल्य ८० रुपैयाँले घटेको हो ।

शिवम् सिमेन्टको सेयर मूल्य ३९ रुपैयाँले घटेको छ । हिजो कम्पनीको सेयर प्रति कित्ता १६९९ रुपैयाँमा कारोबार भएको थियो भने आज १६६० रुपैयाँ छ । कम्पनीको सेयर २.३० प्रतिशतले घटेको हो ।

गोर्खा फाइनान्सको सेयर मूल्य १४११ रुपैयाँमा झरेको छ । हिजो कम्पनीको सेयर प्रति कित्ता १४४३ रुपैयाँमा कारोबार भएको थियो । कम्पनीको सेयर मूल्य २.२२ प्रतिशत अर्थात ३२ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स