साताको अन्तिम दिन सेयर बजारमा उछाल ल्याउने ९ कम्पनी यस्ता छन्

काठमाडौं । नेप्से १७.५७ अंकले बढेर ३०९४.०५ विन्दुमा पुगेको छ । क वर्गका कम्पनीको सूचक ३.४ अंकले बढेको छ । साताको अन्तिम दिन नेप्सेमा २३२ कम्पनीका सेयर १ लाख ३० हजार ९३८ पटक कारोबार भएको छ ।

२ करोड १६ लाख ९० हजार कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब ४२ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार होटल एण्ड टूरिजम, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइन्नान्स उपसमूह बढेको छ ।
बैंकिङ, ट्रेडिङ, नन् लाईफ इन्स्योरेन्स, उत्पानमुलक, अन्य, लाईफ इन्स्योरेन्स, म्युचल फण्ड र इन्भेष्टमेन्ट उपसमूह घटेको छ ।

कारोबार साताको अन्तिम दिन ९ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९४ रुपैयाँले बढेको छ । बुधबार कम्पनीको सेयर ९४० रुपैयाँमा कारोबार भएको थियो भने आज १०३४ रुपैयाँ पुगेको छ ।

हिजो श्रीइन्भेष्टमेन्ट फाइनान्सको सेयर प्रति कित्ता ६२० रुपैयाँमा कारोबार भएको थियो । । आज ६२ रुपैयाँले बढेर कम्पनीको सेयर मूल्य ६८२ रुपैयाँ पुगेको छ ।

गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्य ७०२.९० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ६३.९० रुपैयाँले बढेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता ६३९ रुपैयाँमा कारोबार भएको थियो ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको सेयर ६५.५० रुपैयाँले बढेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता ६५५ रुपैयाँमा कारोबार भएको थियो भने आज ७२० रुपैयाँ पुगेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक सेयर मूल्य १०८२.४० रुपैयाँ पुगेको छ । हिजो कम्पनीको सेयर प्रति कित्ता ९८४ रुपैयाँमा कारोबार भएको थियो । आज कम्पनीको सेयर ९८.४० रुपैयाँले बढेको छ ।

आँखुखोला जलविद्युत कम्पनीको सेयर बुधबार ३९२ रुपैयाँ प्रति कित्ता कारोबार भएको थियो । बिहबार ३९.२० रुपैयाँले बढेर ४३१.२० रुपैयाँ पुगेको छ ।

घलेम्दी हाइड्रोको सेयर हिजो ४१४ रुपैयाँमा कारोबार भएको थियो । आज ४१.४० रुपैयाँले बढेर ४५५.४० रुपैयाँ पुगेको छ ।

जीवन विकास लघुवित्त संस्थाको सयेर मूल्य ५१९८.९० रुपैयाँ पुगेको छ । हिजो ४७२६.३० रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर ४७२.६० रुपैयाँले बढेको हो ।

खानीखोला हाइड्रोपावरको सेयर ३५.७० रुपैयाँले बढेको छ । कम्पनीको सेयर हिजो प्रति कित्ता ३५७.३० रुपैयाँमा कारोबार भएको थियो भने आज ३९३ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स