काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साताको ६ दिन कारोबार खुलाउने घोषणा गरेको छ । नेप्सेले आज एक सूचना प्रकाशित गर्दै आइतबार देखि शुक्रबारसम्म सेयरबजार कारोबार संचालन हुने जनाएको हो ।
नेप्सेको संचालक समितिको जेठ २५ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार असार १ गतेदेखि लागूहुनेगरी आइतबार देखि शुक्रबारसम्म सेयरबजार कारोबार संचालन हुने जनाएको हो ।
जसअनुसार अब सेयर बजार आइतबारदेखि बिहिबारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार ११ बजेदेखि १ बजेसम्म संचालन हुनेछ ।
सरकारले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेसँगै नेप्सेले धितोपत्र बोर्डले पनि आइतबार पुनः कारोबार संचालन गरी सेयरलगानीकर्ताहरुको मागलाई सम्बोधन गर्दै शुक्रबार समेत सेयरबजार कारोबार संचालन गर्ने निर्णय गरेको हो ।