२०५३ साल फागनु १७ स्नाकोत्तर सकेर तुतीय श्रेणी (अधिकृत)मा नेपाल नेपाल धितोपत्र बोर्ड प्रवेश गरेका निरज गिरीेले जेठ ३१ गतेबाट औपचारिक रुपमा अवकास पाएका छन् । २६ वर्ष बोर्डको विभिन्न पदमा रहेर कार्य सम्पादन गरेका गिरीले ७ वर्ष विशिष्ट श्रेणीमा रहेर काम गरेपछि अवकास पाएका हुन् ।
बोर्ड प्रवेश गर्दा धितोपत्र सम्बन्धी पूर्ण ज्ञान नभए पनि काम गर्दै जाँदा उनी तिखारिदै गए । साढे दुई दशकमा बोर्डमा ७ वटा अध्यक्ष फेरिए । आठौं नम्बरमा परेका हालका सीईओसँग पनि उनलाई काम गर्ने अवसर मिल्यो ।
उनी बोर्डमा प्रवेश गर्दा उनीसम्म गरी जम्मा ४ जना कर्मचारी थिए । अहिले काठमाडौं महानगरपालिका रहेको स्थान बागदरवारमा बोर्डको केन्द्रीय कार्यालय थियो । त्यहिबाट दुई वटा कोठामा बोर्डको सम्पूर्ण काम हुने गरेको थियो ।
अस्थायी अधिकृतको रुपमा २६ वर्ष अघि बोर्ड प्रवेश गर्दा त्यतिबेला डम्बर प्रसाद डुंगेल बोर्डको अध्यक्ष थिए भने दिपक राज काफ्ले सर, परिष्ठनाथ पौडेल र उनी बोर्डका कर्मचारी थिए । पौडेल र गिरी मिल्ने साथी थिए ।
पौडेल २०५२ सालमा बोर्डमा प्रवेश गरेका हुन् भने गिरी त्यसको १ वर्षपछि । बीएसी पास गरेपछि पढाउन अल्छी लागेर उनले फाइनान्समा माष्टर गरे । त्यसपछि उनी बोर्डमा प्रवेश गरेका हुन् ।
२०५७ सालतिर बोर्ड बागबजार सर्यो । चावहिलबाट स्टाफ कलेज हुँदै अहिले बोर्डको सचिवालय खुमलटारमा भाडाको घर लिएर बसेका छ । हाल बोर्ड बसेको भवन ५ वर्षको लागि लिजमा लिइएको हो ।
अस्थायी कर्मचारीको रुपमा बोर्ड प्रवेश गरेका उनी अहिले बोर्डको दोस्रो ओहोदा (कार्यकारी निर्देशक) बाट अवकास पाएका हुन् । त्यसपछिको माथिल्लो पद भनेको राजनीतिक नियुक्तीको हो ४ वर्षका लागि । कर्मचारीको उपल्लो तहमा उनले काम गरे । पटक पटकको कार्यवहाक अध्यक्ष भएर पनि उनलाई काम गर्ने अवसर मिल्यो । उनी बोर्ड प्रवेश गर्दा कामको चाप त्यति थिएन ।
दुई/महिनामा एउटा आईपीओ आउथ्यो । बजारमा अहिलेको जस्तो चहलपहल थिएन । २०५८ पछि दोस्रो बजारले केहि पिकअफ लिएको हो । काम त्यति नहुने भएकोले त्यति बेला खुब किताब पढियो उनी सम्झन्छन् । त्यो बेलाको किताव बढ्ने बानीले उनलाई धेरै कुरा सिकायो । विश्व बजारमा सञ्चालित ठूला पुँजी बजार सम्बन्धी अध्ययन गरेर आफ्नो देशको लागि नीति नियम बनाउन सहज पनि भयो ।
साढे दुई दशक काम गरेर अवकास पाउने बेलासम्म पनि बोर्डको भवन नहुँदा भने उनलाई ज्यादै दुःख लागेको छ । बिरालोले बच्चा सार झै कहिले कहाँ कहिले कहाँ भौतारिनु पर्दा कम्तीमा पनि अवकास पाउँदासम्म भएपनि आफ्नै भवनबाट हुन पाए हुन्थ्यो भन्ने उनलाई लागेको थियो । तर, त्यसो भएन, बोर्डको भवन कहाँ बन्छ, त्यो अझै टुंगो लाग्न नसकेको अवस्था छ ।
‘यत्रो वर्षको कार्यकालमा धितोपत्र बोर्डको आफ्नै भवन बनाउन नसक्नु दुःख लाग्दो कुरा हो । आइ क्यानको छेउमा भएको प्रहरी वित बसेको स्थान धितोपत्र बोर्डको भवन बनाउन लागि छुट्याइएको जग्गा हो । आजको दिनसम्म पनि बोर्डले सो जग्गाको कर तिर्दै आएकाचे छ,’ उनले सुनाए ।
बोर्डको भवन बनाउन बीचमा बीमा समितिसँग पनि कुरा भयो, तर समितिले भवन आफैलाई चाहिने बतायो । उपत्यका विकास प्राधिकरणको जडिवुटी र पेप्सीकोलाबीचमा रहेको सरकारी जग्गा लिने भनेर अर्थ सचिव शिशिर ढुंगानको कोर्डिनेसनमा ४२ करोड ५० लाख रुपैयाँ प्राधिकरणको खाता बोर्डले पैसा पनि पठायो । तर, ल्याण्ड पूलिङका कारणले सो जग्गा पनि भवन बनाउन सम्भव देखिएन ।
बोर्डको आफ्नै भवन नहुँदा विश्व बजारमा चलेका नयाँ प्रविधि जडान गर्न बोर्डलाई अपठ्यारो परेको छ । किनकी ५ वर्षपछि यो भवन पनि छाडेर जानु पर्ने हुन्छ । सो कारण धेरै पैसा खर्च गर्नेमा बोर्ड दुविधामा परेको छ ।
बजारलाई विविधिकरण गर्न पनि उत्तिकै आवश्यक रहेको उनले बताए । वित्तीय साक्षरताको उत्तिकै कमी छ । लगानी कर्ताहरूले चाहेर पनि नचाहे पनि बैंक, बीमा कम्पनीका लगानी गर्न बाध्य छन् । धितोपत्र बजारको अन्य उपकरण पनि प्रयोगमा ल्याउन नसकेको उनको गुनसो छ । काम गर्न त्यति सहज छैन । यो बजार नै प्राविधिक विषय भएकाले पनि यसलाई बुझाउन र बुझ्न त्यहि कै गाह्रो छ ।
‘विश्व बजारमा प्रविधिको प्रयोग बढ्दै गएको छ,’ उनले भने ‘यसलाई नेपालले प्रयोगमा ल्याउन नसक्नुको प्रमुख कारण भनेको हामी प्रविधि मैत्री बन्न नसक्नु हो । यो सेक्टरमा च्यालेन्ज र रिक्स दुबै छ ।’ टेक्नोलोजीको सुपर भिजन आजको दिनमा अत्यन्त आवश्यकता हो ।’
म्युचअल फन्ट ल्याउँदा विश्व बैंक र एशियाली विकास बैंकले सहज नभएको सल्लाह दिएका थिए । अहिले ३०/४० अर्बको मार्केट बनिसक्यो । बजारको स्वास्थ्य अवस्था हेरेर कुनै पनि डिसिजन गर्दा भएकामध्येबाट रेक्टिफाइट गरेर निर्णय गर्न सक्न पर्छ । त्यहि नै बुद्धिमता हुन्छ ।
बजार बढ्दै गएपछि कामहरू पनि बढ्दै गए । बोर्डले ऐन नियमनहरू समय सापेक्ष नयाँ नयाँ बनाउँदै गयो । बजार जोखिम लिन चहाने र नचाहने दुवैको हुनुपर्ने हो । तर, त्यसो गर्न अझै नसकेको, अझै पनि बजारमा नयाँ डेरिभेटिम मार्केट प्रवेश गर्न नसकेको, बैंक वित्तीय संस्थाको बाहुल्यता अझै पनि रहेको, डाभर्सिफाइड प्रोट फोलियो बनाउन नसकेको उनले बताए । ‘जोखिमलाई डाइभर्सिफाइ गर्न हामीसँग त्यस्ता पोटफोलियो नै आउन सकेन,’ उनले भने ।
जोखिम नमोलिकन लगानी गर्नु भनेको विशेष गरी क्रण पत्र, डेरिभेटिभ इन्डेक्स आदि पर्दछन् । अहिले लगानीकर्तालाई लगानी गर्नका लागि स्टक बाहेक तथा इक्युटी सेयर बाहेक अरु कुनै उपकरण नभएको पनि उनी बताउँछन् ।
अहिले पनि लगानीकर्तामा सेयरमा लगानी गरेपछि सजिलै आम्दानी हुन्छ भन्ने गलत मानसिकता छ, जोखिमको बारेमा लगानीकर्तामा अल्प ज्ञान छ ।
प्राथमिकता मार्केटको चाहना अनुसार हुनुपर्छ र मार्केटको आवश्यकता अनुसार नीति तथा कार्यक्रम तय हुनुपर्छ भन्ने कुरामा धितोपत्र बोर्ड सधै सजक छ । जस्तै म्युचअल फन्डकै कुरा गर्दा विभिन्न आरोह अवरोह आएका थिए । यसका बाबजुत पनि बोर्डले म्युचअल फन्ट सञ्चालनमा ल्याएको हो ।
बोर्डको गर्ने काम समय सापेक्ष विकास र विस्तार हुँदै जाने बताउने गिरी अवकासपछि केहि समय विश्राम गरेर अध्यापन क्षेत्रमा लाग्ने बताउँछन् ।
त्यसो त उनलाई अवकास पछिको जीवनयापन गर्न गाह्रो छैन । किनकी घरमा २० वर्ष अघि नेपाल सरकारको सचिवबाट अवकाश हुुनुभएका बुबा जयराम गिरी हुनुहुन्छ । उहाँ अवकाश पछिको जीवन सेवा गर्दाको भन्दा अझ स्वस्थ भएर बिताइरहनु भएको छ भने आमा पनि सरकारी जागीरबाट अवकाश प्राप्त हुुनुहुन्छ ।
त्यसैले समय काट्न गाह्रो नहुने उनको भनाइ छ । उनका भाइ काठमाडौं युनिभरसिटीमा प्रोफेसर छन् । उनी पनि पढाउनभन्दा अन्य क्षेत्रमा लाग्छु भनेर बोर्डमा प्रवेश गरेका हुन् । बैतडी पुख्यौली घर भएका गिरी अहिले काठमाडौंको वानेश्वरमा बस्छन् । केहि समयको विश्रामपछि आफू अध्यापन क्षेत्रमा लाग्न सक्ने उनी बताउँछन् ।
कार्यकारी निर्देशक गिरीको अवकास पछि उक्त पदमा डा.नवराज अधिकारी बढुवा भएका छन् । पहिलो नम्बरमा अधिकारीको नाम निस्किएपछि गिरीको पदमा डा.अधिकारी पुगेका हुन् भने दोस्रोमा विनयदेव आचार्यको बढुवा भएको छ ।
धितोपत्र बोर्डमा तीन कार्यकारी निर्देशक हुने व्यवस्था छ । यसअघि दोस्रो कार्यकारी निर्देशकको पद खाली थियो । सोही पदमा आचार्य बढुवा भएका हुन् । परिष्ठनाथ पौडेलले जागिर छाडेपछि दोस्रो कार्यकारी निर्देशकको पद खाली थियो भने तेस्रो कायम मुकायम कार्यकारी निर्देशकमा मुक्ति श्रेष्ठ बढुवा भएका छन् ।