आजबाट सयपत्री हाइड्रोपावरको आइपीओ बिक्री खुला

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओमा आज (असार २)गतेदेखि आवेदन दिन सकिने भएको छ ।

कम्पनीले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० अकिंत दरमा ३ करोड मूल्य बराबरको ३ लाख कित्ता सेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)को बिक्री खुला गर्ने भएको हो ।

आयोजनाले प्रभाव पार्ने बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने स्थानीयवासीले आगामी असार १६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३१ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिने छ ।

कम्पनीले बाग्लुङको ताराखोला गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा २.५ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादनसमेत गरिहेको छ ।

लगानीकर्ताले प्रभु बैंकको ताराखोला तथा गल्कोट शाखा, ग्लोबल आईएई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लिमिटेडको काठमाडौंबाट सेयर खरिदका लागि आवेदन दिन सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स