काठमाडौं । सेयर बजार खोलेको दोस्रो दिन नेप्सेमा गिरावट आएको छ ।
मंगलबार, नेप्से परिसूचक ३६.०७ अंकले घटेर १९९६.२६ अंक विन्दुमा आइपुगेको छ ।
आज ४१ लाख ४७ हजारको कित्ता सेयर १ अर्ब १८ करोड ५५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ सबैमा राताम्मै देखिएको छ ।
आज ५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९० वटा कम्पनीको घटेको छ ।