काठमाडौं । अब साताकोे ६ दिन सेयर बजार खुल्ने भएको छ ।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा साताको पाँच दिन सेयर कारोबार हुने गरेकोमा अब ६ दिन खुलाउने तयारी गरेको हो ।
यस विषयमा छलफल भईरहेको र नेप्सेले निर्णय गर्न बाँकी रहेको छ ।
सरकारले असार १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेपछि नेप्सेले शुक्रबार सेयर बजार खोल्ने निर्णय गरेको थियो ।
तर, सरकारले अब असारदेखि आइतबार बिदा नदिने भएपछि नेप्सेले आइतबारसँगै अब शुक्रबार पनि खुला गर्ने तयारी गरिरहेको छ ।
कारोबार अवधि भने आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म र शुक्रवार ११ बजेदेखि १ः ३० बजेसम्म तय गर्ने छलफल भईरहेको छ ।