काठमाडौं । सेयर बजार खोलेको अन्तिम दिन नेप्सेमा गिरावट आएको छ ।
शुक्रबार, नेप्से परिसूचक १४.६४ अंकले घटेर २०४८.१६ अंक विन्दुमा आइपुगेको छ ।
आज ३० लाख ४५ हजारको कित्ता सेयर ८९ करोड ४१ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ सबैमा राताम्मै देखिएको छ ।
त्यसैगरि, उपकार लघुवित्त र ग्रीन भेन्चर्समा १० प्रतिशत र बलेफी हाइड्रोपावर ९.९८ प्रतिशतको सर्किट लागेको छ ।