दोर्दी खोला जलविद्युत्को आईपीओमा पहिलो दिनमै १.७७ गुणा बढी आवेदन

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीले निष्काशन गरेको आईपीओमा पहिलो दिनमै २ लाख ९६ हजार १३ जनाले आवेदन दिएका छन् । जुन कम्पनीले निष्काशनमा ल्याएको सेयरको १.७७ गुणा बढी हो ।

बिहीबार साँझ ५ः३५ बजेसम्म २ लाख ९६ हजार १३ जना आवेदकबाट ३५ करोड ८० लाख ४८ हजार बराबारको ३५ लाख ८० हजार ४८० कित्ता सेयरको लागि आवेदन परेको सीडिए एण्ड क्लियरिंङले जनाएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई छुट्टाइएको सेयर बाँडफाँड गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्काशन गरेको हो।

निष्काशन गरिएको कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १७ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा जेठ ३१ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद असार ९ गतेसम्म लम्बिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स