काठमाडौं । बिहीबार प्रि-ओपनिङमा नेप्से स्थिर देखिएको छ ।
प्रि-ओपनिङमा ५३४६ कित्ता सेयर खरिद बिक्री हुँदा ४७ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज प्रि-ओपनिङमा ४० कम्पनीको सेयर कारोबार भएको छ ।
जसमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको सेयर मूल्य घटेको छ ।
७ कम्पनीको भने सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।