काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको आईपीओमा २ करोड १९ लाख ३५ हजार १० कित्ताका लागि आवेदन परेको छ । जुन कम्पनीले निष्काशनमा ल्याएको १३ लाख ६५ हजार कित्ता सेयरको १६.०७ गुणा बढी हो ।
बुधबार साँझ ५ः३० बजेसम्ममा १८ लाख ४५ हजार ६७ जना आवेदकबाट २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपैयाँ बराबरको २ करोड १९ लाख ३५ हजार १० कित्ता सेयरको लागि आवेदन परेको सीडिए एण्ड क्लियरिंङले जनाएको हो ।
कम्पनीले सर्वसाधारणलाई १५ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।
कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
जसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १३ लाख ६५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।
कम्पनीले यस अघि पहिलो चरणमा लमजुङ र कास्कीका स्थानीयलाई १० करोड मूल्यका १० लाख कित्ता सेयर निष्काशन गरेको थियो ।
कम्पनीले काक्सीको रुदी खोलामा रुदी ए र रुदी बि गरि कुल १५.४ मेगावाटको आयोजना संचालन गरिरहेको छ ।