६० अंकले बढ्यो नेप्से, उपसमूहतर्फ सबैमा हरियाली, ६ कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । सेयर बजार खोलेको तेस्रो दिन नेप्सेमा हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ अंक विन्दुमा आइपुगेको छ ।

आज ५० लाख ५ हजारको कित्ता सेयर १ अर्ब ६४ करोड ३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबैमा हरियाली देखिएको छ ।

आज १९३ वटा कम्पनीको सेयर मूल्य बढ्दा २ वटा कम्पनीको घटेको छ भने एउटा कम्पनी स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सामुदायिक लघुवित्त (१०%), उपकार लघुवित्त (१०%), बलेफी हाइड्रोपावर (९.९६%), कालिका लघुवित्त (९.९५%), तेह्रधुम पावर कम्पनी (९.४४%), उन्नती सहकारी लघुवित्त (९.२८%) सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स