१९१ कम्पनीको सेयर मूल्य घट्यो, यी हुन् सेयर मूल्य गुमाउने शीर्ष ५ कम्पनी

काठमाडौं । नेप्से ४८.४२ अंकले घटेर ३०७६.४४ विन्दुमा पुगेको छ । बुधबार क वर्गका कम्पनीको सूचक मापदन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.६७ अंकले घटेको छ ।

बुधबार २२७ कम्पनीका सेयर १ लाख १८ हजार ९७२ पटक करोबार भएको छ । १ करोड ९५ लाख ९९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १२ अर्ब ९ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १९१ कम्पनीको सेयर मूल्य घटेका छ ।

आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरको सेयर मूल्य घटेको छ । कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ । हिजो कम्पनीको सेयर ३९६.९० रुपैयाँसम्म खरिद बिक्री भएको थियो भने आज ३५७.३० रुपैयाँमा झरेको छ । कम्पनीको सेयर मूल्य ३९.६० रुपैयाँले घटेको हो ।

जानकी फाइनान्सको सेयर मूल्य ६.०६ प्रतिशतले घटेको हो । मंगलबार कम्पनीको सेयर प्रति कित्ता ७४२ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार ६९७ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर ४५ रुपैयाँले घटेको हो ।

जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ४४.९० रुपैयाँले घटेको छ । हिजो कम्पनीको सेयर प्रति कित्ता ७८८.९० रुपैयाँमा कारोबार भएको थियो भने आज ७४४ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ५.६९ प्रतिशतले घटेको हो ।

नेपाल फाइनान्सको सेयर मूल्य ५.५६ प्रतिशतले घटेको छ । आज कम्पनीको सेयर मूल्य ४१ रुपैयाँले घटेको छ । हिजो कम्पनीको सेयर प्रति कित्ता ७३७ रुपैयाँमा कारोबार भएको थियो भने आज ६९६ रुपैयाँमा पुगेको छ ।

हिमालयन पावर पार्टनरको सेयर मूल्य ५.५५ प्रतिशतले घटेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता ६१३ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार ५७९ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ३४ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स