तेह्रथुम पावरमा पहिलो दिन नै पर्यो साढे ५ लाख आवेदन

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा पहिलो दिन नै साढे ५ लाख आवेदन परेको छ । बुधबार साँझ ५ बजेसम्ममा ५ लाख ४६ हजार ३६८ जना आवेदकले ७४ लाख ३९ हजार ४२० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन् ।

कम्पनीले कुल ८ लाख कित्ता निस्कासन गरेको हो । जसमा ५ प्रतिशत (४० हजार कित्ता) म्युचल फण्ड र २ प्रतिशत (१६ हजार कित्ता) सेयर कर्मचारीलाई छुट्याएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । तेह्रथुम पावर कम्पनीको आईपीमा भदौ १३ गतेसम्म आवेदन दिन सकिन्छ ।

उक्त समयसम्म सबै आईपीओ बिक्री नभएमा भदौ २३ गतेसम्म म्याद थप गरिनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । आईपीओको प्रतिकित्ता मूल्य १०० रुपैयाँ छ ।

एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले मेरोसेयर, सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । पावर कम्पनीले बुधबार (भदौ ९ गते)बाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स