बुधबार २६ कम्पनीको सेयर मूल्य बढ्यो, यी हुन् सर्वाधिक मूल्य बढाउने ५ कम्पनी

काठमाडौं । नेप्से ४८.४२ अंकले घटेर ३०७६.४४ विन्दुमा पुगेको छ । बुधबार क वर्गका कम्पनीको सूचक मापदन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.६७ अंकले घटेको छ ।

बुधबार २२७ कम्पनीका सेयर १ लाख १८ हजार ९७२ पटक करोबार भएको छ । १ करोड ९५ लाख ९९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १२ अर्ब ९ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका सबै उपसमूह घट्दा पनि २६ वटा कम्पनीको सेयर मूल्य बढेको छ ।

आज सबैभन्दा धेरै जीवन विकास लघुवित्तको सेयर मूल्य बढेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात ४२९.६० रुपैयाँले बढेको छ । मंगलबार कम्पनीको सेयर मूल्य ४२९६.७० रुपैयाँ थियो भने आज  ७७२६.३० रुपैयाँ पुगेको छ ।

आईसीएफसी फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य १०६.९० रुपैयाँले बढेर ११७६.८० रुपैयाँ पुगेको छ । मंगलबार कम्पनीको सेयर मूल्य १०६९.९० रुपैयाँ थियो ।

माउन्टेन इनर्जी नेपालको सेयर मूल्य ७.६९ प्रतिशतले बढेको छ । मंगलबार कम्पनीको सेयर १३०० रुपैयाँमा किन बेच भएको थियो भने बुधबार १४ सय रुपैयाँ पुगेको छ ।

दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य १२ रुपैयाँले बढेको छ । कम्पनीको मंगलबार प्रति कित्ता सेयर ३६८.१० रुपैयाँमा कारोबार भएको थियो भने आज ३८०.१० रुपैयाँमा पुगेको छ । कम्पनीको सेयर मूल्य ३.२६ प्रतिशतले बढेको हो ।

साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २.७१ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य ४९.५० रुपैयाँले बढेको हो । हिजो कम्पनीको सेयर मूल्य १८२५.५० रुपैयाँ थियो भने आज १८७५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स