हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन हाइड्रोपावरको आईपीओ आवेदन दिने आज अन्तिम दिन हो । बैशाख २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन जेठ २३ गते अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा दुई पटक म्याद थप गरेको थियो ।

कम्पनीले विद्यमान जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत सेयर निष्काशन गरेको हो । यस अनुसार कम्पनीले ९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।

आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स