श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ आजदेखि आवेदन सकिने

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले आज जेठ २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख ९३ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । सोमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. २, ३ र ४ तथा ओखलढुंगा जिल्लाको लिखु गापा. वडा नं. ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि जम्मा निष्काशन गरिने सेयरको ७० प्रतिशत सेयर दिन लागेको हो ।

११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गापा. को वडा नं. ५, ६ र ७ र मन्थली नपाको वडा नं. ११, १२ र १३ तथा रामेछाप न.पा.को वडा नं. १ र ३ का बासिन्दाका लागि २५ प्रतिशत अर्थात ३ लाख ९८ हजार २५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गापाको वडा नं. १ र ओखलढुंगा जिल्लाको लिखु गापाको वडा नं. १, २ र ३ लाख ५ प्रतिशत अर्थात ७९ हजार ६५० कित्ता गरी बाँडफाँट गरिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा असार ६ गते हुनेछ भने ढिलोमा असार २१ गते हुनेछ । आईपीओमा नेपाल एसबिआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा र कम्पनीको आयोजनास्थलबाट आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स