स्वेतगंगा हाइड्रोपावरको आईपीओमा सोमबारदेखि आवेदन दिन सकिने

काठमाडौं । स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले जेठ २३ गते (सोमबार)देखि आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई जारी पुँजीको १० प्रतिशतले हुन आउने १५ लाख ९३ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ १० गते सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गा।पा।को वडा नं। २,३ र ४ तथा ओखलढुंगा जिल्लाको लिखु गा.पा.को वडा नं. ४, ५, ६,७ र ९ लाई जम्मा निष्काशन गरिने सेयरको ७० प्रतिशतले हुने अर्थात ११ लाख १५ हजार १०० कित्ता छुटाएको छ ।

त्यस्तै आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गा।पा। को वडा नं. ५,६ र ७ र मन्थली न.पा.को वडा नं. ११, १२ र १३ तथा रामेछाप न.पा.को वडा नं. १ र ३ लाई जम्मा निष्काशन गरिने सेयरको २५ प्रतिशतले हुने अर्थात ३ लाख ९८ हजार २५० कित्ता छुटाएको छ ।

त्यस्तै रामेछाप जिल्लाको लिखु तामाकोशी गा।पा।को वडा नं. १ र ओखलढुंगा जिल्लाको लिखु तामाकोशी गा।पा।को वडा नं. १,२ र ३ लाई जम्मा निष्काशन गरिने सेयरको ५ प्रतिशतले हुने अर्थात ७९ हजार ६५० कित्ता सेयर छुटाएको छ ।

यस निष्काशनमा न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । यस निष्काशनमा छिटोमा असार ६ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा असार २१ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सेयर निष्काशन गरेपछि सर्वसाधारण तथा कर्मचारीलाई यी सेयर जारी गर्ने छ ।

कम्पनीले बोर्डबाट आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको ३९ लाख ८२ हजार ५ सय कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो ।

कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मेगावट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स