काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशनको लागि अनुमति दिएको छ । बोर्डले सयपत्री हाइड्रोपावर लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशनको लागि अनुमति दिएको हो।
जसअनुसार सयपत्री हाइड्रोपावरले ९ करोड बराबरको ९ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई निष्काशन गर्ने भएको छ । कम्पनीले सेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बोर्डले हाइड्रोपावरलाई जेठ १८ गते आईपीओ निष्काशनको लागि अनुमति दिएको हो ।
त्यसैगरि, मन्दाकीनी हाइड्रोपावरले जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को ३० प्रतिशतले हुन आउने जम्मा रकम १७ करोड ६४ लाख १० हजार १०० बराबरको जम्मा १७ लाख ६४ हजार ११० कित्ता सेयर निष्कासन गर्ने छ ।
कम्पनीले सेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गर्ने छ ।
कम्पनीले सेयर निष्काशनको लागि बि.ओ.के.क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बोर्डले हाइड्रोपावरलाई जेठ १९ गते आईपीओ निष्काशनको लागि अनुमति दिएको हो ।