काठमाडौं । सेयर बजार खोलेको चौथौ दिन नेप्सेमा गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक १८.२६ अंकले घटेर २११२.४७ अंक विन्दुमा आइपुगेको छ ।
आज ३५ लाख ६६ हजारको कित्ता सेयर १ अर्ब १६ करोड १५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबैमा राताम्मै देखिएको छ ।
आज ३९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, बलेफी हाइड्रोपावरमा ९.९७ प्रतिशतको सर्किट लागेको छ ।