७ अंकले घट्यो नेप्से, दुई कम्पनीमा सर्किट

काठमाडौं । सेयर बजार खोलेको तेस्रो दिन नेप्सेमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक ७.२१ अंकले घटेर २१३०.७१ अंक विन्दुमा आइपुगेको छ ।

आज ३० लाख २० हजारको कित्ता सेयर १ अर्ब ७ करोड ८४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ डेभलपमैन्ट बैंक, हाइड्रोपावर, फाइनान्स बाहेक सबैमा राताम्मै देखिएको छ ।

आज १०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८४ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मैलुङ खोला जलविद्युत कम्पनीमा १० प्रतिशत र बलेफी हाइड्रोपावरमा ९.९४ प्रतिशतको सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स