काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
मंगलबार सपोर्ट लघुवित्त र नेको इन्स्योरेन्सको गरि कुल २४ लाख ८० हजार ४ सय ५०.६१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
जसअनुसार सपोर्ट लघुवित्तको ३० प्रतिशतले हुन आउने १ लाख ९८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो।
त्यस्तै, नेको इन्स्योरेन्सको १५ प्रतिशतले हुन आउने २२ लाख ८२ हजार ४ सय ५०.६१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।