काठमाडौं । तेह्रथुम पावर कम्पनीले बुधबार (भदौ ९ गते)बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले कुल ८ लाख कित्ता निस्कासन गरेको हो । जसमा ५ प्रतिशत (४० हजार कित्ता) म्युचल फण्ड र २ प्रतिशत (१६ हजार कित्ता) सेयर कर्मचारीलाई छुट्याएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । तेह्रथुम पावर कम्पनीको आईपीमा भदौ १३ गतेसम्म आवेदन दिन सकिन्छ ।
उक्त समयसम्म सबै आईपीओ बिक्री नभएमा भदौ २३ गतेसम्म म्याद थप गरिनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । आईपीओको प्रतिकित्ता मूल्य १०० रुपैयाँ छ ।
एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले मेरोसेयर, सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।