काठमाडौं । सेयर बजार खोलेको पहिलो दिन नेप्सेमा गिरावट आएको छ ।
सोमबार, नेप्से परिसूचक ५०.३३ अंकले घटेर २१७३.४४ अंक विन्दुमा आइपुगेको छ ।
आज ३४ लाख ५६ हजारको कित्ता सेयर १ अर्ब ३३ करोड ८८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ सबैमा राताम्मै देखिएको छ ।
आज ५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८७ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, बलेफी हाइड्रोपावर लिमिटेडमा ९.९९ प्रतिशतको सर्किट लागेको छ ।