नेप्से ५६ अंकले घट्यो, २ कम्पनीको सेयरमा सकारात्मक सर्किटसहित ५० कम्पनीको सेयर बढ्यो

काठमाडौं । मंगलबार नेप्से ५६.०३ अंकले घटेर ३१२४.८७ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा २२५ कम्पनीका १ लाख ५६ हजार ९१३ पटक सेयर कारोबार भएको छ । २ करोड ५३ लाख १६ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १६ अर्ब १२ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

फाइनान्स र नन् लाईफ इन्स्योरेन्स बाहेक अन्य सबै उपसमूह रातो भएका छन् । विकास बैंक उपसमूह सबैभन्दा धेरै २४३.८९ र जलविद्युत २३२.७७ अंकले घटेको छ ।

नेप्से ५६ अंकले घट्दा पनि ५० वटा कम्पनीको भने सेयर मूल्य बढेको छ ।

गोर्खाज फाइनान्स र जीवन विकास लघुवित्त वित्तीय संस्थानको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

सेन्ट्रल फाइनान्स ७.४७, नेको इन्स्योरेन्स ५.०६, जनरले इन्स्योरेन्स ४.४९, प्रिमियम इन्स्योरेन्स ४.३२ र मनकामना स्मार्ट लुघुवित्त वित्तीय संस्था ४.०२ अंकले बढेको छ ।

यस्तै, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट, रिडी हाइड्रोपवार डेभलपमेन्ट र आईसीएफसी फाइनान्सको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

११ प्रतिशत एनआईसी एसिया डिभेञ्चर ०८२/८३, ग्लोबल आईएमई समुन्नत स्किम-१, श्री इन्भेष्टमेन्ट फाइनान्स, एभरेष्ट इन्स्योरन्स, नारायणी डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सको सेयर मूल्य २ प्रतिशतभन्दा धेरै बढेको छ ।

सिटिजन्स म्यूचल फण्ड २, ज्योति लाइफ इन्स्योरेन्स, १२ प्रतिशत आईसीएफसी लिमिटेड डिभेञ्चर २०८३, नयाँ सारथी लुघवित्त वित्तीय संस्था, सन्राइज फ्रस्ट म्यूचल फण्ड र ९.५ मञ्जुश्री फाइनान्स लिमिटेड डिभेञ्चर २०८५ को सेयर १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

एनआईबिएल प्रगति फण्ड, सिद्धार्थ इन्स्योरेन्स, प्राइम कर्मसियल बैंक, सानिमा इक्यूटी फण्डलगायत कम्पनीको सेयर मूल्य १ प्रतिशतभन्दा कमले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स