१६ जलविद्युत कम्पनीको सेयरमा नकारात्मक सर्किट, ५६ अंकले घट्यो नेप्से

काठमाडौं । जलविद्युत कम्पनीको सेयर मूल्य घट्दा नेप्से ५६ अंकले घटेको छ । मंगलबार नेप्सेमा जलविद्युत १६ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज नेप्सेमा २२५ कम्पनीका १ लाख ५६ हजार ९१३ पटक सेयर कारोबार भएको छ । २ करोड ५३ लाख १६ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १६ अर्ब १२ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

फाइनान्स र नन् लाईफ इन्स्योरेन्स बाहेक अन्य सबै उपसमूह रातो भएका छन् । विकास बैंक उपसमूह सबैभन्दा धेरै २४३.८९ र जलविद्युत २३२.७७ अंकले घटेको छ ।

गोर्खाज फाइनान्स र जीवन विकास लघुवित्त वित्तीय संस्थानको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स