लयमा फर्कदै सेयर बजार

काठमाडौं । यो साता लगातार ३ दिनदेखि सेयर लयमा फर्किएको छ । निरन्तरको घटाइ पछि सेयर बजारले तल्लो विन्दुको बटम बनाएर बजारमा फर्किएको हो । हरेक आर्थिक वर्षहरूमा चैत–बैशाख महिनामा सेयर बजारले बटम लगाएपनि यस आर्थिक वर्षमा राजनीतिक र तरलताको अभावले गर्दा अलि ढिलै गरी बटम लागेको देखिएको छ ।

सरकारको नीति तथा कार्यक्रममा समेटिएको पुँजी बजारको सकारात्मक विषय वस्तुलाई लगानीकर्ताहरूले सकारात्मक रुपमा लिएको देखिन्छ । नीतिगत रुपमा समेटिएपछि बजेट भाषणमा पनि केहि विशेष विषय वस्तुहरू पुँजी बजारका लागि समेटिन्छ भन्नेमा लगानीकर्ताहरू आशावादी देखिन्छन् । हरेक कारोबारको उच्चतम ठूलो कारोबारमा बिक्री गर्ने र कारोबार घटेको साना कारोबार भोलूलमा खरिद गर्ने रणनीतिलाई पँछाउदा अहिले कारोबार खरिद गर्ने उपयुक्त समय हो भन्न सकिन्छ ।

करिब २ महिनादेखि २४ सयदेखि २२ सय नेप्सेमा सेयर एकुमुलेशन भइरहेको देखिन्छ । जसले विगतको वर्षहरू जस्तै सिजनको समयमा सेयर बजारले आफ्नो रुप रेखा तय गर्नेछ भन्नेमा लगानीकर्ताहरू विश्वस्त देखिन्छन् । मात्र नीतिगत रुपमा च्यापिएको सेयर बजारलाई नीतिगत सम्बोधनको खाँचो देखिन्छ । जसले गर्दा अव आउने राष्ट्र बैंकको त्रैमासिक समीक्षा र मौद्रिक नीतिसाथै बजेट भाषणले सम्बोधनले बजार लयमा जाने देखिन्छ ।

प्राविधिक रुपमा हेर्दा बजारले हरेक पटक २२ सय विन्दुलाई नै तीन पटकसम्म सपोर्ट बनाएर अगाडि बढेकाले यो नै बटम प्वाइन्ट हो भनेर भन्न्न सकिन्छ । प्राविधिक रुपमा आरएसआई पनि ३९ को प्वाइन्टमा पुगेको छ । जसलाई सकारात्मक रुपमा लिइन्छ भने एमएसीडी पनि बुलिस क्रस ओभर भएर माथितिर पट्टी हिस्टोग्राम बार बन्न सुरु गरेको छ । जुन प्राविधिक रुपमा सकारात्मक हो ।

त्यसकारण प्राविधिक रुपमा र नीतिगत रुपमा सम्बोधन भएको खण्डमा बजारले माथिल्लो विन्दुको यात्रा तय गर्ने स्पष्ट आधार देखिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स